बलु हत्याका मुख्य अभियुक्त पक्राउ

+
-

बुटवल – रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी कारबाहीमा मारिएका मनोज पुनको योजनामा व्यवसायी पौडेललाई गत पुस २१ गते आफ्नै काठ उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीले व्यापारी पौडेल हत्याका मुख्य अभियुक्त सुभाष गुरुङलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

लमजुङ बाङ्ग्रे गाउँपालिका–५ घर भई पोखरा–लेखनाथ उपमहानगरपालिका–१० रामबजार बस्दै आएका अभियुक्त गुरुङलाई पोखराबाटै पक्राउ गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

हत्याका मुख्य योजनाकार पुनको निर्देशनमा गुरुङले आफ्नै फर्निचर उद्योगमा आगो तापेर बसिरहेका बेला पौडेलको गोली हानी हत्या गरेका थिए ।

हत्याका अभियुक्तमध्ये पदम चौधरी र महेन्द्र भनिने महीनारायण चौधरीलाई यसअघि नै प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दायर गरेको र उनी हाल अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यस्तै पौडेल हत्यालगायत विभिन्न आपराधिक घटनाका मुख्य योजनाकार पुन र उनका मुख्य सहयोगी सोमबहादुर आलेको गत फागुन ९ गते प्रहरीसँगको भिडन्तमा मृत्यु भइसकेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ज्ञवालीले पौडेल हत्यामा संलग्न मुख्य अभियुक्त सबै पक्राउ परिसकेको जानकारी दिँदै मुख्य योजनाकार पुनले आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी गुरुङलाई आपराधिक कार्य गराउन निर्देशन दिने गरेको अनुसन्धानमा देखिएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?