ब्राजिलका पूर्व राष्ट्रपति सिल्वा जेल जानु पर्ने

ब्राजिलका पूर्व राष्ट्रपति सिल्वा जेल जानु पर्ने
+
-

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्वाले जेल सजाय भोग्नु पर्ने भएको छ । सिल्वामाथि भ्रमष्टाचार आरोपमा १२ वर्षको जेल सजाय सुनाइएको थियो ।

उनले आफूमाथिको आरोप राजनीतिक रुपमा प्रेरित रहेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर सर्वोच्च अदालतले सिल्वाले जेल सजाय भोग्नु पर्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।

उनले भ्रष्टाचार आरोप स्वीकार गरे पनि आफ्नो अपिलका चलिरहेका बेला जेल बाहिर नै रहन पाउनु पर्ने माग गरेका थिए । सिल्वाले आफूमाथि राजनीतिक प्रतिशोधले मुद्दा लगाइएको उनको दाबी छ ।

आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावमा आफूलाई प्रतिस्पर्धा गर्न नदिने योजनाको हिस्सा रहेको उनको भनार्य छ । सर्वेक्षणमा सिल्वा राष्ट्रपतिको सबै भन्दा बलियो उम्मेदवार रहेको देखिने गरेको छ ।

सर्वोच्च अदालतले म्याराथन सेशनमा सिल्वाको मुद्दा हेर्दै जेल बाहिर रहन पाउनु पर्ने उनको माग खारेज गरेको हो ।

सिल्वा अब केही दिन जेल बाहिर स्वतन्त्र रहने र कागजी प्रक्रिया पूरा भएपछि उनलाई पक्राउ गर्ने तयारी रहेको बिबिसीले जनाएको छ । ७२ वर्षका सिल्वा सन् २००३ देखि २०११ सम्म ब्राजिलको राष्ट्रपति थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?