मोटरसाइकल नै लुटेपछि …

+
-

नेपालगञ्ज – रातिको समयमा एक्लै हिँड्दै हुनुहुन्छ ? सावधानी अपनाउनु होला । रातिमा एक्लै हिँड्ने मान्छेलाई लुट्ने गिरोह नेपालगञ्जमा सक्रिय भएका छन् ।

चोरी र लुटपाटलाई नै आफ्नो ‘कर्म’ बनाएको गिरोहले रातिमा एक्लै हिँड्ने मान्छेलाई लुट्ने गरेका हुन् । नेपालगञ्जको बालेगाउँमा गएराति एक भारतीय नागरिक लुटिएका छन् । दिदीको घरबाट राति घरतर्फ फर्किँदै गरेका भारत रुपैडिहाका ओमप्रकाश तेलीलाई नेपालगञ्ज–११ भवानीबगियाका सुरज सोनी र आकाश बाल्मिकीले लुटेका हुन् ।

सुरज र आकाशले नाइनेस्टिक देखाएर भारतीयलाई रोकेका थिए । भारतीय नागरिक ओमप्रकाशलाई कुटपिट गर्दै पैसा लुट्ने प्रयास गरेका थिए । ओमप्रकाशसँग पैसा नभएपछि उसको मोटरसाइकल नै लिएर हिँडेका थिए । लुटेराले मान्छेलाई कुटेर मोटरसाइकल लिएर हिँडेपछि राति नै उजुरी प्रहरीकहाँ आइपुगेको थियो ।

प्रहरीले एकजनालाई राति नै र अर्कालाई बिहीबार बिहान पक्राउ गरेको छ । मोटरसाइकल नेपालगञ्जको सुनारमण्डीमा अलपत्र छोडिएको थियो । वडा प्रहरी कार्यालयका प्रमुख राजन गौतमले दुवैलाई चोरी, लुटपाट र कुटपिटमा कारबाही प्रक्रिया अघि बढाउने तयारी भएको बताए ।

सुरज र आकाश धेरै पहिलादेखि नै चोरी, लुटपाट धन्दामा लागेको स्थानीय बताएका छन् । नेपालगञ्जमा चोरी, लुटपाट गर्ने र भारतमा गएर मस्ती गर्ने उनीहरुको धन्दा थियो । पछिल्ला तीन वर्ष मुम्बईमा बसेर फर्किएका उनीहरु फेरि लुटपाट धन्दामा लागेका थिए ।

नेपालगञ्जमा ठूल्ठूला चोरी दिउँसो हुने गरेका छन् । रातिको चोरी पनि उत्तिकै छन् । नेपालगञ्जमा चोरी, लुटपाट गर्ने र भारतका विभिन्न शहरमा गएर बस्नेको गिरोह नै रहेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले अहिले पक्राउ परेका सुरज र आकाश पनि लामो समयदेखि प्रहरीले खोजी गरेका व्यक्ति हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?