
सिमकोट-हिमाली जिल्ला हुम्लामा लटरम्मै फलेका स्याउ पाक्ने बेला भएको छ। भदौ महिनाको दोस्रो हप्ता कटेसँगै फलेका स्याउ पाक्ने बेला हो।
मध्य र तल्लो हुम्लामा स्याउ पाकी सकेको भएपनि सदरमुकाम आसपासका क्षेत्रमा भने स्याउ पाक्ने बेला भइसकेको छ। यस पटक कतै लटरम्भ स्याउ फलेका छन् भने कतै बोट नै खाली छन्।
यसरी स्याउका बोटहरु खाली हुनुमा स्याउका बोटले खाद्यान्न संचित गर्ने क्रममा एक वर्ष फल्ने र एक वर्ष नफल्ने स्याउ जोन कार्यक्रमका प्रमुख रामसुरथ पालले बताए।
अधिकांश बोटमा यस पटक स्याउ नफले पनि केहीमा भने लटरम्मै स्याउ फलेको उनले बताए।