सन्दीपको टोलीको खराब ब्याटिङ, १ सय ७ रनमा सिमित

सन्दीपको टोलीको खराब ब्याटिङ, १ सय ७ रनमा सिमित
+
-

क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले ट्रिनबागो नाइट राइडर्सलाई एक सय ८ रनको लक्ष्य दिएको छ। टस जितेपछि ट्रिनबागोले पहिला बलिङ गर्ने निर्णय गरेको थियो।

जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७ रन जोड्यो। जमैकाका निरुमह बोन्नरले सर्वाधिक ४१ रन बनाए। रोवमन पावेलले ३३ र कार्लोस ब्राथवैटले १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जर्माइन ब्ल्याकउड ०, ग्लेन फिलिप्स २, आन्द्रे रस्सेल २ र आसिफ अलि ४ रन बनाएर आउट भए। २५ रन जोड्दा चार विकेट गुमाएको जमैकाले पाँचौँ विकेटका लागि ३८ रनको साझेदारी गरेपनि खेलमा सुधार ल्याउन सकेन।

ट्रिनबागोका अकिल हुसेनले चार ओभरमा १४ रन खर्चिएर तीन विकेट लिए। सुनिल नारायनले चार ओभरमा १३ रन खर्चिएर एक विकेट हात पारे। चार ओभरमा २९ रन खर्चिएका खेरी पायरले पनि २ विकेट हात पारे।

प्रतियोगिताको लिग चरणमा ट्रिनबागोले सबै १० खेल जितेको थियो। यता जमैकाले भने १० मध्ये केवल तीन खेलमात्र जितेर चौथो हुँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?