कोरोना दुष्टले डसिहाल्यो नि!

कोरोना दुष्टले डसिहाल्यो नि!
+
-

अत्यन्त संयमित र अनुशासित जीवनशैली अपनाएर घरमै बस्दा पनि, शायद मानवजातिलाई सखाप पार्न आएको, दुष्ट कोरोनाले डसेरै छोड़्यो।तर शुभेच्छु र मान्यजनहरूको शुभेच्छा र आशीर्वाद तथा दक्ष चिकित्सकहरूको सहयोगले गर्दा पूर्ण स्वस्थ्य भई अस्पतालबाट फर्किएको छु।

कुनै लक्षण प्रकट नभए पनि आशंकाको भरमा कसैले स्टार र कसैले ह्याम्स परीक्षण गराउँदा श्रीमती ज्ञानु र छोरी डा. ओजस्वीसहित मेरो स्तब्धकारी नतीजा आएपछि घरमै आइसोलेसनको विधि अनुरूप बसेकोमा तीन दिनपछि अस्पताल जानु पर्ने बिवशता आयो। अनि पुगेँ- कोविडको उपचारमा समर्पित र सुविधाजनक अस्पतालको रूपमा चर्चित एपीएफको हस्पिटलको शरणमा। त्यहाँ प्रवेश गरेदेखि अन्त्यसम्म दक्ष चिकित्सकहरुको निगरानी, अनुगमन र सेवाको परिणाम ११ औं दिन बल्ल कोरोना भाग्यो। ८दिन अस्पताल बसेर ‘कोरोना मुक्त ‘ को प्रमाणपत्र लिएर आएँ।

ज्ञानु र ओजस्वी अझै त्यहीँ छन्। उनीहरूको स्वास्थ्य सुधारोन्मुख छ। उनीहरू पनि छिट्टै “कोरोना- मुक्त” घोषित हुने क्रममा छन्। उनीहरूको प्रतीक्षामा छु।

कोरोना संक्रमणको पुष्टि यताको समय अत्यन्त तनावपूर्ण एबम् मानसिक र शारीरिक दृष्टिले कष्टयुक्त रह्यो।

तत्कालै अस्पताल उपलब्ध गराइ सहयोग गर्नु भएकोमा एपीएफका महानिरीक्षक शैलेन्द्र खनाललाई हार्दिक धन्यवाद छ। त्यस्तै, डा.प्रबीण नेपाल, डा. रोशन पराजुली, डा. कौशल लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहयोग, सेवा तथा सह्रृदयी ब्यवहार यो सुखद परिणामको मुख्य कारक हो। डा. आर पीमा रहेजस्तो बिरामीलाई स्वस्थ र आशावादी महसुस गराउने कौशल तथा आत्मीय ब्यवहार प्राय अन्त पाइन्न। उहँहरू सवैलाई धन्यवाद छ।

तनाव र संघर्षको यो जटिल क्षणमा शुभेच्छा र आशीर्वाद दिएर मनोबल र शक्ति उच्च पारिदिनु हुने सम्पूर्ण मान्यजन तथा शुभेच्छुहरूमा आभार ब्यक्त गर्दछु।

(सामाजिक सञ्जालबाट साभार)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?