जिल्ला अस्पताल हुम्लामा थपियो आईसियू कक्ष र भेन्टिलेटरका सामाग्री

जिल्ला अस्पताल हुम्लामा थपियो आईसियू कक्ष र भेन्टिलेटरका सामाग्री
+
-

सिमकोट-चिकित्सक समेत बस्न नमान्ने हुम्ला जिल्ला अस्पतालमा अआधुनिक उपचारका सेवाहरु थपिने क्रम जारी रहेको छ।

जिल्लाको मागलाई सम्बोधन गर्दै प्रदेश सरकारको सहयोगमा यी अस्पतालका लागि आवश्यक पर्ने उपकरण स्थापना भएका हुन।

अस्पतालका डाक्टर टसी अङ्जु लामाले निक्कै लामो प्रयासका बाबजुद आईसियू कक्ष र भेन्टिलेटरका सामाग्री प्राप्त भएको र अब चाँडै जडान गरेर प्रयोगमा आउने बताए।

उनले कोभिडलाई लक्ष गरि स्थापना भएका यी उपकरणहरु अन्य बेला उपचारका क्रममा पनि प्रयोगमा आउने बताए । हाललाई आईसियुका तीन वटा कक्ष र एक वटा भेन्टिलेर स्थापना हुने छन्।

उपकरणहरु बाहिरबाट प्राबिधिक आएर जडान गरिदा प्रयोगमा आउने भएका हुन। यी उपकरण कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयबाट उपलब्ध भएका हुन। यी उपकरणका अभाबले धेरै बिरामीहरुलाई जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता रहेको बताउदै चिकीत्सक लामाले अब जटिल केश बाहेक अन्य सबैको उपचार जिल्लामै हुने र त्यसका लागि यी उपकरणले सहयोग पुग्ने बताए।

औषधीको समेत अभाब हुने जिल्ला अस्पतालमा अब बिस्तारै आधुनिक उपचारका उपकरणको ब्यबस्थाले हुम्ला जिल्लामा बिरामीलाई राहत हुनेछ। तर यी उपकरण चलाउने जनशक्तिको भने अभाव रहेको बताउदै उनले यसका लागि जनशक्ति माग वा भएकै जनशक्तिलाई तालिमको ब्यबस्था गर्नु पर्ने देखिएको बताए।

त्योसँगै अस्पतालमा एक जना बिशेषज्ञ चिकीत्सक, एक जना दन्त चिकीत्सक गरी छजना चिकीत्सकको ब्यबस्थाले आबश्यक परेका बेला जिल्लाको कुना कन्दरमा पुगेर उपचार गर्नमा सहयोग पुगेको छ। त्यसैगरी अस्पतालका महत्वपुर्ण चार वटा स्थानमा एसी पनि जडान गरिएको छ।

यसबाट पनि बाह्रै महिना उपचार गर्न सहज हुनेछ। अर्को अस्पताललाई लोड सेडिङ्ग भइरहने भएको कारण बिधुतको भने समस्या हुने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?