चीनको पीएलए पनि कोरोना भाइरसबिरुद्ध खोपमा अग्रणी, विश्वमै पहिलो बन्ने होड

चीनको पीएलए पनि कोरोना भाइरसबिरुद्ध खोपमा अग्रणी, विश्वमै पहिलो बन्ने होड
+
-

कोरोना भाइरसको महामारीले चीनमा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा सेनाको बढ्दो भूमिकालाई देखाएको नेचर जर्नलमा प्रकाशित खबरमा उल्लेख छ ।

सामान्यतया विश्वकै ठूलो सैन्य संगठन चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) स्वास्थ्य सम्बन्धी अनुसन्धानका लागि चिनिँदैन । तर पछिल्लो समय पीएलएले त्यसमा आफ्नो चासो र लगानी बढाएका छन्।

सन् २०१५ यता पीएलएले समयानुकुल आफूलाई स्वास्थ्य विज्ञानमा पनि स्थापित गर्नका लागि वैज्ञानिकहरुको नियुक्ति तथा लगानी बढाएको छ । त्यसको प्रमुख उदहारण कोरोना भाइरसविरुद्धको खोपको खोजीमा देखिएको छ ।

कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो खोप बनाउने होडमा अघि रहेको चीनको खोप निर्माण अभियानमा पीएलएका वैज्ञानिकहरुको भूमिका महत्वपूर्ण रहेको नेचर जर्नलको खबरमा उल्लेख छ।

पीएलएका वैज्ञानिकहरुको मुख्य भूमिकामा निर्माण भएको खोप सीमित समूहमा प्रयोगका लागि स्वीकृति पाउने विश्वकै पहिलो खो हो ।

पीएलएको सैन्य स्वास्थ्य विज्ञान एकेडेमी अन्तर्गतको बेइजिङ्ग इन्स्टिच्युट अफ बायोटेक्नोलोजीका स्वास्थ्य अनुसन्धानकर्ता मेजर जनरल चेन वीइको नेतृत्वको टिमले कोरोना भाइरसविरुद्धको खोप बनाएको छ । सो खोप बनाउनका लागि तियानजिनमा रहेको औषधि कम्पनी क्यानसिनो बायोलाजिक्सले सहकार्य गरिरहेको छ ।

गएको जुलाईमा उनीहरुले बनाएको खोपको अनुसन्धानको प्रतिवेदन पहिलोपटक प्रकाशित भएको थियो । त्यसमा खोप सुरक्षित र प्रभावकारी रहेको उल्लेख थियो ।

त्यसपछि चीन सरकारले एडी५–एनकोभी नाम गरेको खोप सीमित मात्रामा सैनिकहरुमाथि प्रयोग गर्न स्वीकृति पनि दिएको छ । वीइसहितका हजारौँ सैनिकले खोप लगाएका छन् ।

खोपको विकाससँगै महामारी नियन्त्रणका लागि पनि पीएलएले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । अमेरिकी सेनाले पनि स्वास्थ्य सम्बन्धी अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । तर चीनको पीएलएले यो क्षेत्रमा गरेको कामको गति भने तीव्र रहेको खबरमा उल्लेख छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?