
काठमाडौँ-ओपोले नेपालमा ए सिरिजका फोन्स अन्तर्गत ओपो ए ५३ सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीले आइतबार विज्ञप्ती जारी गर्दै ए सिरिजका फोन्स अन्तर्गत ओपो ए ५३ सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको हो।
कम्पनीका अनुसार ९० एचजेड रिफ्रेश रेट सहितको ओपो ए ५३ ले ९० एचजेड नियो(डिस्प्ले मार्फत प्रयोगकर्तालाई अदृतिय र सहज दृष्यानुभव प्रदान गर्छ । थ्रीडी( कभ्र्ड ईरिडसेन्ट वेभ डिजाइन सहितको ए५३मा प्रयोगतकर्तालाई निरन्तर प्रयोगमा सहजताका लागि ५ हजार एमएएच क्षमताको ब्याट्री १८ वटा फास्ट चार्ज सहित उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप ए५३ ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा विश्वस्त रहेको बताए।
उनले भने, ‘यसमा रहेको ९०एचजेड नियो डिस्प्लेले हाल फ्ल्यागशिप फोन्समा मात्र उपलब्ध सुविधाहरु पनि प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ।
तीनका दैनिक सञ्चार तथा मनोरञ्जन लगायतका आवश्यकतालाई दृष्टिगत गर्दै यसमा लामो समय सम्म टिक्ने ब्याट्री, तिब्र कार्य प्रदर्शनी क्षमता र सुदृढ प्रयोग अनुभव प्रदान गर्ने फिचर्सहरु उपलब्ध गरिएका छन् ।’
यसमा रहेको क्वालकमको अत्याधुनिक ओक्टा(कोर प्रोशेसर र ओपोकै पहिलो र्याम+मेमोरी अप्टिमाइजेशनले समग्र तिब्र कार्य क्षमता प्रदर्शित गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ए५३मा क्वालकमको स्न्यापड्रागन ओक्टा(कोर ४६० प्रोशेसरको ब्यवस्था गरिएको छ। यसमा यूएफएस २.१ मा आधारित ४ जीबी एलपीडीडीआर ४ एक्स र्याम स्टोरेज दिइनुका साथै यसमा रहेको थ्री(कार्ड स्लोट मार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार अतिरिक्त सञ्चय क्षमतालाई २५६जीबी सम्म बढाउन सक्ने सुविधा पनि दिइएको छ।
कम्पनीले ओपो ए५३ लाई यही सेप्टेम्बर महिना भित्र सार्वजनिक गर्ने योजना बनाएको छ। फोन फ्यान्सि ब्ल्यू र ईलेक्ट्रिक ब्ल्याक गरी दूई भिन्न रंगमा उपलब्ध गरिने जानकारी दिइएको छ।