व्यापारी भन्छन् ‘चीनबाट पनि प्याज ल्याउन सजिलो छैन’

व्यापारी भन्छन् ‘चीनबाट पनि प्याज ल्याउन सजिलो छैन’
+
-

काठमाडौँ – भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको अभाव हुने भएको छ। नेपाल राष्ट्रिय तरकारी तथा फलफूल व्यवसायी महासंघका प्रमुख खोमप्रसाद घिमिरेले नेपालमा ठूलो मात्रामा भारतबाट प्याज आउने भएकाले भारतले नै प्रतिबन्ध लगाएमा नेपालमा स्वतः रुपमा प्याजको अभाव हुने बताए।

नेपालमा भारत तथा चीनबाट प्याज आयात गरिन्छ। भारतले प्रतिबन्ध लगाएपछि चीनबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तर कोरोना भाइरसका कारणले चीनबाट प्याज आयात गर्न सहज नभएको उनले बताए।

उनले भने, ‘नेपालमा ठूलो परिणाममा भारतबाट प्याज आउँछ। भारतले कहिलेसम्म प्रतिबन्ध लगाएको थाहा छैन। अर्को हाम्रो आयात गर्ने मुलुक चीन हो। तर कोरोना महामारीका कारणले त्यति सहज छैन।’

उनका अनुसार प्याजको अभाव मात्र नहुने भएर यसको मूल्य पनि बढ्छ। काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब दुई सय ७० मेट्रिक टन प्याजको खपत हुने उनले जानकारी दिए।

भारतले आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रण गर्न कटिङ्ग गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा रोक लगाएको छ।

नेपालले बारम्बार यस्तो समस्या भोग्दै आएको छ। बेलाबेला यस्तो समस्या देखिने गरेको भए पनि सरकारले आन्तरिक उत्पादनमा जोड नदिएको उनले गुनासो गरे।

सरकारले कृषि क्षेत्रका लागि ल्याएका कार्यक्रमहरु त्यति प्रभावकारी नदेखिएको उनको भनाई छ। ‘नेपालमा पनि प्याज उत्पादन गर्न सकिन्छ। यहाँ धेरै सम्भावना छ’ उनले भने, ‘तर समय धेरै लाग्ने र मुनाफा कम हुने भएकाले किसानहरु यसमा लाग्न त्यति रुचाउँदैनन्। यदि आधुनिक तरिकाले गर्ने हो भने उत्पादन गर्न सकिन्छ । तर त्यसको अभाव छ। सरकारले कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु ल्याएको छ। तर कार्यान्वयन भएको देखिँदैन।’

सरकार समक्ष आफूहरुले आन्तरिक उत्पादनमा जोड दिन बारम्बार आग्रह गर्दै आएको उनले बताए।

यस्तै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका सचिव बैकुण्ठ अर्यालले भने भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धले त्यस्तो धेरै प्रभाव नपर्ने बताए।

उनले अब आन्तरिक वितरण प्रणालीलाई सबल बनाउनु पर्ने र वैकल्पिक मुलुकबाट पनि आयात गर्न सकिने बताए।

‘नेपालमा अलि प्रभाव त पर्छ नै’ उनले भने, ‘पोहोर पनि प्रतिबन्ध लगाएको थियो। धेरै समयका लागि होइन होला । अहिले प्याज राम्रै खपत भइरहेको थियो। आन्तरिक वितरण प्रणालीलाई सबल बनाउनुपर्छ र अन्य मुकुलबाट आयात गर्न पहल गर्नुपर्छ।’

यस्तै भारतले बढ्दो मूल्य नियन्त्रण गर्न प्याज निर्यातमा रोक लगाए लगतै नेपालमा प्याजको मूल्य २५ प्रतिशतले बढेको छ। कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार सोमबार प्रतिकेजी ६० रुपैयाँमा बिक्रि वितरण भइरहेको प्याजको मूल्य १५ रुपैयाँले बढेर मंगलबार ७५ रुपैयाँ पुगेको छ। हालसम्म अन्य तरकारीमा मूल्य वृद्धि भए पनि प्याजमा अन्य तरकारीको तुलनामा मूल्य कम थियो।

यो पनि पढ्नुहोस्

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?