हिमालय रोडिजको दोस्रो संस्करण आउँदै, विजेतालाई २० लाख

हिमालय रोडिजको दोस्रो संस्करण आउँदै, विजेतालाई २० लाख
+
-
काठमाडौं-  चर्चित रियालिटी साे ‘हिमालय रोडिज’ को दोस्रो संस्करणको अडिसन बैशाख पहिलो साताबाट सुरु हुने भएको छ।
हिमालय रोडिजको अडिसन इटहरीबाट सुरु गरिने निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए।
चितवनमा बैशाख १०, बुटवलमा बैशाख १२ , पोखरामा बैशाख १५ र काठमाडौंमा बैशाख १८ गते अडिसन हुने जनाइएको छ।
गत संस्करणमा अडिसनमा १० हजार प्रतियोगीले भाग लिएकामा अन्तिम चरणका लागि १८ जना छनोट गरिएको थियो।
 यस श्रृङ्खलाका निर्देशक अधिकारीले हिमालय रोडिजको पहिलो संस्करणले नेपालीहरुलाई स्वदेशमै उत्पादित टेलिभिजन कार्यक्रमतर्फ आकर्षित गर्नुका साथै स्थानिय दृश्यहरुतर्फ पनि प्रेरित गरेको बताए ।
‘दोस्रो सिजन चुनौतीहरुले भरिएको छ र उत्तिकै मनोरञ्जनात्मक पनि छ। हामी एउटा समूहमा रुपमा नयाँ अध्यायका लागि निकै उत्साहित रहेका छौं,’ उनले भनेँ।
दिया मास्के, रेमण्ड दास श्रेष्ठ र आशिष राना ‘लाहुरे’ यस सिजनमा फेरि निर्णायकका रुपमा पुनरागमन गर्दैछन्। पहिलो संस्करणका विजेता समन श्रेष्ठ र उप–विजेता अनिमेश शाही यस पटकका कार्यक्रम सञ्चालक छन्।
यस वर्षको हिमालय रोडिजको शीर्षक प्रायोजकमा ‘यमाहा एफ.जेड.’ छ भने स्टाइल पार्टनरमा ‘सेटवेट’ छ। कार्यक्रमको सञ्चालन ‘रेडवुल’ र ‘किटक्याट’ ले गर्ने छन्। हिमालय रोडिजको दोस्रो संस्करणको विजेताले नगद २० लाख रुपैयाँ तथा एउटा यामाहा बाइक पुरस्कार पाउनेछन्।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?