ताकु लेकमा व्यापार भएन

ताकु लेकमा व्यापार भएन
+
-

सिमकोट – चीनसँगको नाका ताकु लेकमा यसपाली द्विपक्षीय व्यापार व्यवसाय सञ्चालन हुन सकेन। कोरोना संक्रमणको कारण चिनियाँ सुरक्षाकर्मीले चीनका व्यापारीलाई सिमानामा आउन नदिएपछि व्यापार हुन नसकेको हो।

हुम्लाका व्यापारी र स्थानीय सबैले नेपाल र चीनको नाका सिमकोट गाउँपालिका वडा नम्बर १ को ताकु लेकमा कुनै पनि व्यापार व्यवसाय हुन नसकेको स्थानीय छिमी लामाले बताए।

सो नाकाबाट खाद्यान्न, ऊन, लत्ता कपडा, च्याङ्ग्रा लगायतका बस्तुको व्यापार हुने गरेको थियो। तर यसपाली कोरोना त्रासको कारण सिमानामा रहेको चिनियाँ सुरक्षाकर्मीले व्यापारीलाई आउन नदिएपछि व्यापार हुन नसकेको हो ।

ताकु लेकमा दुई देशका व्यापारीबिच दश करोड भन्दा बढीको व्यापार बर्सेनि हुने गरेको बताउँदै अर्का व्यापारी नरबहादुर लामाले यसपाली भने सुनसान रहेको बताए ।

नाका बन्द भएपछि धेरैको व्यापार व्यवसाय सुकेको छ । चुवा खोला क्षेत्रका खर्कमा बस्ने खर्कालाहरुले पनि रासन पानी सबै उतैको व्यापारबाट ल्याएर प्रयोग गर्ने गरेको भए पनि यसपाली उक्त क्षेत्रमा व्यापार नहुँदा घरबाटै लैजानु परेको छ।

नाका नखुलेपछि व्यापारी पनि कोही सो क्षेत्रमा नपुगेको बताउँदै लामाले यतिबेला चहल पहल निक्कै हुने सयम भए पनि खर्काला बाहेक कोही नभएको बताए।

सिमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीय तथा व्यापारीले स्याउ, घ्यू, उवाको सातु जस्ता सामान बिक्री गर्न पाएका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?