
काठमाडाैँ-ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
कम्पनीले आफ्ना सामाजिक सञ्जाल पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो।
नेपाली चलचित्र उद्योगका अनुप विक्रम शाही, अलिशा राई तथा फोटोग्राफर-चलचित्र निर्माता सन्जोग राई लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखापर्न थालेका छन्।
ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफ सिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६मा सार्वजनिक गरेको थियो।
अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १७ प्रो मार्फत थप अगाडी लैजाने तयारी गरेको छ।