आजको मौसम

अधिकांश क्षेत्रमा सामान्यतया मौसम बदली, तर लगातार झरी पर्ने सम्भावना छैन

अधिकांश क्षेत्रमा सामान्यतया मौसम बदली, तर लगातार झरी पर्ने सम्भावना छैन
+
-

काठमाडौं – पश्चिम तथा मध्यका अधिकांश क्षेत्रमा शनिबार दिनभर सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्वी पहाडी क्षेत्रमा पनि बदलीकै अवस्था रहने मौसमविद वरुण पौडेलले जानकारी दिए ।

उपल्लो वायुमण्डलमा बनेको न्यून चापिय प्रणाली, स्थानीय वायुको प्रभाव तथा पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसम बदली हुने तथा पानी पर्ने गरेको मौसमविद पौडेलले जानकारी दिए ।

पश्चिमका दीपालय, धनगढीसहित काठमाडौं र आसपासका क्षेत्रमा शनिबार बिहान पनि पानी परेको थियो । दिनभर पूर्वी तराईको मौसम सफा रहे पनि अरु ठाउँमा बादल लाग्ने र केही खुलेजस्तो हुने सम्भावना रहेको मौसमविदको भनाई छ ।

प्रि–मनसुनको समय भएकाले यस्तो भएको र बेलुका तिर केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । तर लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद पौडेलले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?