चिनियाँ अतिक्रमणमा परेको नेपाली भूमि निरीक्षण गर्न खटियो सिडिओसहितको टोली

चिनियाँ अतिक्रमणमा परेको नेपाली भूमि निरीक्षण गर्न खटियो सिडिओसहितको टोली
+
-

सिमकोट – छिमेकी राष्ट्र चीनसँगको सीमा स्तम्भको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त सुरक्षा टोली नाम्खा गाउँपालिकाको लाप्चातर्फ लागेको छ।

चीनले नेपाली भूभागमा एकतर्फी रुपमा भवन बनाएको बारे बुझ्न, ११ नम्बर सीमा स्तम्भ हराएको र अन्य स्तम्भको अवस्थाका बारेमा अनुगमन गर्न टोली त्यसतर्फ लागेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको नेतृत्वमा ३० सदस्यीय टोली चीनसँगको सिमाना लाप्चा क्षेत्रको सीमा स्तम्भको स्थलगत अनुगमन गर्न हिँडेको बताए।

उनले प्रजिअको टोलीले चिनियाँ पक्षसँग पनि छलफलका लागि समन्वय गरिरहेको बताए। तर यसबारे सञ्चार सम्पर्क नहुँदा थप जानकारी लिन नसकिएको उनले बताए।

लाप्चा क्षेत्रमा सञ्चार सम्पर्क हुँदैन । उनले यसअघि सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल सो क्षेत्र जाँदा तयार गरि पेश गरेको प्रतिवेदनका आधार गृहमन्त्रालयले टोलीलाई स्थलगत रुपमा गएर बुझ्न निर्देशन दिएपछि त्यता गएको बताए ।

टोलीले हराएको ११ नम्बरको सीमा स्तम्भको खोजी र चिनियाँ पक्षसँग लाप्चा मै वार्ता गर्ने तयारी गरेको छ। यसअघि यसरी सरकारी टोलीले ताक्लाकोटमा सीमा सुरक्षाका बारेमा छलफल गरे पनि लाप्चामा गएर सीमा स्तम्भहरुको अनुगमन गरेको थिएन ।

लाप्चाको सीमा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएकोबारे टोलीले अध्ययन गर्ने छ।

टोलीमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा, नयाँ भैरवी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायव निरीक्षक मोहन बस्नेत, राष्ट्रिय अनुसन्धानका डीएसपी संजीव चौधरी, प्रहरी निरीक्षक सिताराम विष्ट लगायत छन्।

साथमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि छ।

यो पनि पढ्नुहोस्

चिनियाँ पक्षद्वारा नेपाली भूभागमा नौवटा भवन निर्माण, नेपालीलाई प्रवेश निषेध

चिनियाँ पक्षद्वारा नेपाली भूभागमा नौवटा भवन निर्माण, नेपालीलाई प्रवेश निषेध

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?