सीमा विवादबारे जानकारी दिने हुम्लाका सहायक प्रजिअलाई सरकारले सोध्यो २४ घन्टे स्पष्टिकरण

सीमा विवादबारे जानकारी दिने हुम्लाका सहायक प्रजिअलाई सरकारले सोध्यो २४ घन्टे स्पष्टिकरण
+
-

सिमकोट- हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।

केही साताअघि जनप्रतिनिधिहसँंग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको र सो प्रतिवेदन मन्त्रालयमा पठाइएको थियो ।

त्यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सिमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा खटाएको थियो । अशाेज ३ गते शनिबार त्यस तर्फ गएका लागेकाे प्रजिअको टोली स्थलगत भ्रमणबाट फर्किसकेको छैन।

घटनास्थलको बास्तविकता बाहिर नआउँदै सरकारले सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधेको हो। प्रजिअको टोली जिल्लामा आई नपुग्दै सहायक प्रजिअ हमाललाई छोटो अबधिको समय दिएर स्पष्टिकरण सोध्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ।

सहायक प्रजिअ हमालले देशसञ्चारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सीमा विवादकै विषयमा चौबीस घण्टे स्पष्टिकरण मन्त्रालयले सोधेको बताए । उनले स्पष्टिकरणको जवाफ लेख्ने तयारी गरिरहेको बताए ।

सरकारले चीनसँगको सीमामा कुनै विवाद नभएको स्पष्टीकरण बुधबार दिइसकेको छ।

यो पनि पढ्नुहोस्

हुम्लामा सीमा नमिचेको चीनको दाबी, स्थानीय भन्छन्- चिनियाँले भवन बनाएको ठाउँ नेपालकै हो

हुम्लामा सीमा नमिचेको चीनको दाबी, स्थानीय भन्छन्- चिनियाँले भवन बनाएको ठाउँ नेपालकै हो

चिनियाँ अतिक्रमणमा परेको नेपाली भूमि निरीक्षण गर्न खटियो सिडिओसहितको टोली

चिनियाँ अतिक्रमणमा परेको नेपाली भूमि निरीक्षण गर्न खटियो सिडिओसहितको टोली

चिनियाँ पक्षद्वारा नेपाली भूभागमा नौवटा भवन निर्माण, नेपालीलाई प्रवेश निषेध

चिनियाँ पक्षद्वारा नेपाली भूभागमा नौवटा भवन निर्माण, नेपालीलाई प्रवेश निषेध

परराष्ट्रमन्त्री ज्ञवालीले भने, चिनियाँ पक्षले भूभाग मिचेको छैन, समस्या भए पनि सुल्झाउँछौँ’

परराष्ट्रमन्त्री ज्ञवालीले भने, चिनियाँ पक्षले भूभाग मिचेको छैन, समस्या भए पनि सुल्झाउँछौँ’

हुम्ला सीमा विवादबारे चीनले भन्यो, ‘नेपाली भूमि मिचेका छैनौँ’

हुम्ला सीमा विवादबारे चीनले भन्यो, ‘नेपाली भूमि मिचेका छैनौँ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?