
सिमकोट-जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ७ को रोडिकोटको बाहुन बाडाका आगलागी पीडितलाई सहयोग आउने क्रम जारी रहेको छ।
आगालागीबाट घर जलेर पुर्ण क्षति भएका अर्काको घरमा बास बस्दै आएका पिडितहरुलाई सहयोग प्राप्त भएको हो।
आगालागीबाट पुर्ण रुपमा घर जलेर नष्ट भएकी रुपकला जैसीले सहयोग आउने क्रम जारी रहेको बताइन्।
आगोले घर सहित सम्पुर्ण सम्पति नष्ट भएको बेला सहयोगी हातबाट राहात स्वरुप सबै क्षेत्रबाट सहयोग प्राप्त भइरहेको छ। फिल्ड सुपरभाईजर पबित्रा देवकोटाका अनुसार पछिल्लो पटक मिसनिष्ट नेपालको आर्थिक सहयोगमा बेड सेट, भान्सामा प्रयोग हुने भाँडा, बाल्टी, ग्यालेन लगाएतका सामान सहयोग गरिएका छन्।
यी सामानहरु परिवार संख्याका आधारमा उपलब्ध गरिएको छ। यसरी सहयोग पाउनेमा छ जना पुर्ण रुपमा घर जलेर नष्ट भएका तथा सात जना आंसिक क्षेती भएका परिवार रहेका छन्।
गत भदौ १६ गते बेलुका आगालागी भएको क्षेती भएको थियो। यी पिडितहरुलाई यस अघि सर्केगार्ड गाउँपालिकाले खाद्यान्न, कर्णाली प्रदेश सरकार र संघीय सरकारबाट पाल, खाद्यान्न, नुन सहयोग गरिएको थियो।
त्यसै गरी चीनको ताक्लाकोटबा बसोवार गर्दै आउनु भएका हुम्लाबासीले एक लाख तीन हजार नगद सहयोग गरेका थिए भने हेड नेपालका कार्यकारी निर्देशक छिटुप लामाले पूर्ण रुपमा घर जलेका परिवारलाई जनही दुई हजार रुपियाँ सहयोग गरेका थिए।
यी आगालागी पीडितहरु छिमेलीको घरमा बस्दै आएका छन्। कर्णाली हेल्पिङ ह्याण्ड कार्यक्रमले आगालागी पीडितको घर बनाई दिने भएको छ