ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग

ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग
+
-

काठमाडौँ-नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन्।

महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी/मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन्।

नेपालमा ओटीटी/मोबाइल एप्स मार्फत प्रभु टिभि र नेट टिभिले टेलिभिजन प्रसारण गर्दै आएका छन्। गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी कात्र्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापन रहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो।

केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन्।

महासंघका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानून सम्बत लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गरे।

व्यवसायीहरुले नेपालमा गैरकानूनी रुपमा विदेशी तथा स्वदेशी ओटीटी/मोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अर्बौंको राजश्व छली गरिरहेको समेत बताएका छन्।

त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन व्यवसायीहरुले माग गरेका हुन्। यस्तै खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय डिटिएच टेलिभिजन च्यानलहरुले नेपालमा व्यापार गरिरहेको प्रति पनि व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन्।

व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगावै यस्ता समस्याको समाधान नगरे केवल टेलिभिजन व्यवसायीहरुले लगानी गरेको अर्बौं रुपैयाँ जोखिममा पर्ने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?