आश्विनको अनुपस्थितिमा सन्दीपले पाउलान् त अवसर?

आश्विनको अनुपस्थितिमा सन्दीपले पाउलान् त अवसर?
+
-

अनुभवी स्पीनर  रविचन्द्रन आश्विनको चोट अनुमान गरिएभन्दा कम रहेको  रिपोर्ट सार्वजनिक भइरहे पनि उनी शुक्रबार साँझ चेन्नई सुपर किङ्सविरुद्ध हुने खेलमा उत्रनेमा आशंका छ।

दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अयरले तत्काल जोखिम नउठाउँन सक्छन् किनभने दिल्लीले एउटा मात्र खेल खेलेको छ र लिग चरणमा अझै १३ खेल खेल्न बाँकी छन्।

गत सोमबार भएको किङ्स इलेभेन पन्जाबविरुद्धको खेलमा आश्विन आफ्नो पहिलो ओभरको अन्तिम बलमा घाइते हुन पुगेका थिए। ग्लेन म्याक्सवेलको प्रहारलाई डाइभ गरेर रोक्न खोज्दा उनको बायाँ पाखुरामा ‘डिसलोकेट’ भएको थियो।

त्यस ओभरमा आश्विनले दुई विकेट लिइसकेका थिए। त्यो खेल दिल्लीले सुपर ओभरमा जितेको थियो। ३४ वर्षीय आश्विन दिल्लीका लागि पहिलो सिजन खेल्दैछन्। उनी टोलीका सबैभन्दा बढी भर गरिएका बलर हुन्। आश्विन घाइते भएपछि अब नेपालका सन्दीप लामिछानेले ‘प्लेइङ सेट’मा अवसर पाउने सम्भावना देखिएको छ। पहिलो खेलमा सन्दीप टोलीमा थिएनन्।

प्लेइङ सेटका चार जना विदेशी खेलाडीको कोटामा वेस्ट इन्डिजका सिमरन हेटमेयर, अस्ट्रेलियाका मार्कस स्टोइनिस, दक्षिण अफ्रिकाका कागिसो रवाडा र एनरिच नर्टजेलाई समावेश गरिएको थियो। हेटमेयर ब्याट्सम्यान तथा स्टोइनिस अलराउन्डर हुन्।

रवाडा र नर्टजे दुवै फास्ट बलर हुन्। नर्टजेले पन्जाबविरुद्ध चार ‌ओभरमा ३३ रन खर्चिएका थिए। चार जनाभन्दा बढी विदेशी खेलाडीलाई एकै खेलमा उतार्न नमिल्ने भएकाले सन्दीप त्यसभित्र पर्नुपर्ने हुन्छ। टोलीका अर्का स्पीनर अक्सर पटेलले पहिलो खेलमा चार ओभरमा १४ रन खर्चिएर एक विकेट लिएका थिए। आश्विन नखेलेको अवस्थामा टोलीमा कम्तीमा एक जना स्पीनर थप हुनेछन्। यसमा भेट्रान अमित मिश्रा र सन्दीपमध्ये एकको  सम्भावना छ।

सन्दीपले भर्खरै सम्पन्न क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा ११ खेलमा १२ विकेट लिएका थिए। उनले ५.२८ रन प्रतिओभरको इकोनोमीमा बलिङ गरेका थिए। पहिलो खेलमा मुम्बईलाई हराएको चेन्नई दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। १६ रनले विजयी भएको राजस्थानल‍े चेन्नईलाई २ सय १७ रनको लक्ष्य दिएको थियो।

दिल्लीले भने पन्जाबलाई एक सय ५८ रनको लक्ष्य दिएको थियो। पन्जाबले अन्तिम तीन बलमा रन जोड्न नसक्दा खेल बराबरी भएको थियो। सुपर ओभरमा पहिला ब्याटिङ गरेको पन्जाबले केवल दुई रन मात्र जोडे‍को थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?