विज्ञान पत्रकार मञ्चको अध्यक्षमा खनाल

विज्ञान पत्रकार मञ्चको अध्यक्षमा खनाल
+
-

काठमाडौं-नेपाल विज्ञान पत्रकार मञ्चको अध्यक्षमा मेरो लगानी डटकमका सम्पादक राजेन्द्र खनाल चयन भएका छन्।

मञ्चको राजधानीमा सम्पन्‍न सातौं साधारणसभाले खनालको नेतृत्वमा सर्वसम्मत रुपमा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजन पोखरेल (द हिमालयन टाइम्स), सचिवमा गोविन्द पोखरेल (कान्तिपुर) र कोषाध्यक्षमा दीपा अधिकारी चुनिएका छन्।

सदस्यहरुमा मधुसुधन गुरागाईं (काभ्रेन्युज डटकम), बालिका मादेन (रेडियो नेपाल) र बुनु थारु (कान्तिपुर) रहेका छन् । मञ्चको सल्लाहकारमा संस्थापक अध्यक्ष छत्र कार्की र निवर्तमान अध्यक्ष लक्षमण डंगोल रहेका छन्।

नेपालमा विज्ञान पत्रकारिता प्रवर्द्धनका लागि २०७० सालमा गठन भएको नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे) क्यानाडास्थित विश्व विज्ञान पत्रकार महासंघसाग आबद्ध छ।

नवगठित समितिका अध्यक्ष खनालले विज्ञान लेखन र पत्रकारितालाई समाजसँग जोड्न आफूले यथाशक्य भूमिका निर्वाह गर्ने बताए।

एनएफएसजेलाई विज्ञान पत्रकारितामा कलम चलाउँदै आएका पत्रकारहरुको फोरमका रुपमा विकास गरी तथ्यपरक र सबैले बुझ्न सकिने विज्ञान समाचार लेखनलाई प्रवर्द्धन गरिनेछ,’ खनालले भने।

निर्वतमान अध्यक्ष डंगोलले नवगठित समितिलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?