धोनीमाथी अय्यरको कप्तानी हावी : चेन्नईको दोस्रो हार, दिल्लीको दोस्रो जित

धोनीमाथी अय्यरको कप्तानी हावी : चेन्नईको दोस्रो हार, दिल्लीको दोस्रो जित
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार राती सम्पन्न भएको खेलमा दिल्लीले महेन्द्रसिंह धोनीको कप्तानी रहेको चेन्नई सुपर किङ्सलाई ४४ रनले हरायो। पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नईले लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको हो।

दिल्लीविरुद्ध टस जितेर पहिला बलिङ गरेको चेन्नईले एक सय ७६ रनको लक्ष्य पाएको थियो। दिल्लीका युवा खेलाडीले शानदार प्रदर्शन गरे। ओपनर पृथ्वी सले ६४ रन बनाए।  रिसब पन्तले अविजित ३७ रन जोडे भने शिखर धवनले ३५ रन बनाए। यस्तै कप्तान श्रेयस अय्यरले २६ रन जोडे।

पहिलो विकेटका लागि स र धवनले ९४ रनको साझेदारी गरेका थिए। चेन्नईका अनुभवी स्पीनरद्धय रविन्द्र जडेजा र पियुस चावला लगातार दोस्रो खेलमा निकै महँगो सावित भए। जडेजाले ४४ र चावलाले ३३ रन खर्चिए। चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३१ रन मात्र जोड्न सक्यो। चेन्नईका फाप डु प्लेसिसले ४३ रन बनाए। केदार जादब २६, मुरली विजय १०, सेन वाट्सन १४ र कप्तान धोनी १५ रन बनाएर आउट भए।

४४ रनमा ३ विकेट गुमाएको अवस्थामा चेन्नईका केदार र डु प्लेसिसले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। तर आवश्यक रनरेट बढ्दै जाँदा ब्याट्सम्यानहरुमाथी तिव्र दबाब परेको थियो। सुरुका ६ ओभरमा ३४ रन जोडेको चेन्नईले त्यसपछिका तीन ओभरमा केवल १० रन थपेको थियो। चेन्नईले १६ औँ ओभरमा मात्र सय रन पुरा गरेको थियो।

दिल्लीका कागिसो राबडाले ३, एनरिच नर्त्याले २ र अक्सर पटेलले एक विकेट हात पारे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?