
विष्णु तिवारी
असोज १२, २०७७

अ
+
अ
अ
-
लेखाऊ मेटाऊ तिम्रै खुशी
देखाऊ लुकाऊ तिम्रै खुशी ॥
सहन सक्ने बनाई हाल्यौ
रिसाऊ खुसाऊ तिम्रै खुशी ॥
दिउँ भने छ फाटेको मन
राख्छौ फाल्छौ तिम्रै खुशी ॥
नखेल्नु थियो खेलेँ जुवा
जिताऊ हराऊ तिम्रै खुशी
बाँकी रह्यो खाली जीवन
रुवाऊ हँसाऊ तिम्रै खुशी ॥

