हुम्ला अस्पतालमा पहिलोपटक ऐपेन्डिसाईटिसका बिरामीकाे सफल शल्यक्रिया

हुम्ला अस्पतालमा पहिलोपटक ऐपेन्डिसाईटिसका बिरामीकाे सफल शल्यक्रिया
+
-

सिमकोट– जिल्ला अस्पताल हुम्लामा पहिलो पटक ऐपेन्डिसाईटिस भएकी युवतीको शल्यक्रिया गरिएको छ।

सिमकोट गाउँपालिका वडा नम्बर २ की १८ वर्षीया सरिता भण्डारीलाई शंका लागेपछि किल्निकल डाग्नोसिस र ल्याब परीक्षण गर्दा ऐपेन्डिसाईटिस भएको पत्ता लागेपछि उनको शल्यक्रिया गरिएको हो।

आवश्यक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन भएपछि बिरामीको शल्यक्रिया गर्न सफल भएको अस्पतालले जनाएको छ।

समयमै उपचारका लागि अस्पताल पुगेका कारण युवतीको सही समयमा उपचार गरी ज्यान जोगाउन सफल भएको डा. अमित बिष्टले बताए।

उनले भने,‘उहाँ अस्पताल पुगेपछि हामीले सानो युएसबीको सहायताले दुखेको भागमा हेर्दा ऐपेन्डिसाईटिस भएको पत्ता लागेपछि तत्काल शल्यक्रिया गरेका हौँ। अहिले उहाँ ठिक हुनुहुन्छ।’

चिकित्सक बस्न नमान्ने र उपचारका लागि आवश्यक उपकरण नहुँदा हुम्लाका बिरामीले सास्ती खेप्नु परेको थियो।

तर साउन यता अस्पतालमा विभिन्न उपकरणहरु जडान भएका कारण बिरामीहरुलाई उपचारमा सहजता हुन थालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?