
अ
+
अ
अ
-
डोमिनिक थिएमले फ्रेन्च ओपन टेनिस ग्रान्डस्लाममा शानदार सुरुवात गरेका छन्।
हालसालै करियरको पहिलो ग्रान्डस्लामका रुपमा यूएस ओपन जितेका अस्ट्रियन डोमिनिकले सोमबार भएको खेलमा मारिन सिलिचलाई सोझो सेटमा हराए। पहिलो सेट ६-४ ले जितेका थिएमले त्यसपछिका सेटहरु ६-३ र ६-३ ले हात पारे।
गत यूएस ओपनअघि ग्रान्डस्लामको फाइनलमा तीनपटक पुगेपनि थिएमले उपाधि जित्न सकेका थिएनन्। उनले यूएस ओपनको फाइनलमा अलेक्जाण्डर जेभरेभलाई हराएका थिए।
महिला एकलतर्फ सातौँ वरियताकी पेत्रा केभितोभासहित सारा इरानी र जस्मिन पाओलिनी र बर्नार्डा पेरा दोस्रो चरणमा पुगेका छन्।