
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ सय २ रनको लक्ष्य दिएको छ। बैंगलोरको विशाल पालीमा तीन जना ब्याट्सम्यानले अर्धसतक बनाए।
टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको बैंगलोरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १ रन जोड्यो। बैंगलोरका एबी डे भिलियर्सले ५५, देवदुत पडिक्कलले ५४ र एरोन फिन्चले ५२ रन बनाए। डे भिलियर्सले केवल २४ बलमा चार छक्का र चार चौका हिर्काए। फिन्चले ३५ बलमा एक छक्का र सात चौका प्रहार गरे। यसैगरि पडिक्कलले ४० बलमा दुई छक्का र पाँच चौका हिर्काए। शिवम दुबेले पनि १० बलमा ३ छक्का र एक चौकासहित अविजित २७ रन जोडे।
फिन्च र पडिक्कलले पहिलो विकेटका लागि ९ ओभरमा ८१ रनको साझेदारी गरेका थिए। दुबे र डे भिलियर्सबीच चौथो विकेटका लागि १७ बलमा ४७ रनको अविजित साझेदारी भएको थियो। बैंगलोरले अन्तिम दुई ओभरमा मात्र ३७ रन जोड्यो।