पोखरा रंगशाला निर्माणको कार्य तीव्र गतिमा, ८६ प्रतिशत सम्पन्‍न

पोखरा रंगशाला निर्माणको कार्य तीव्र गतिमा, ८६ प्रतिशत सम्पन्‍न
+
-

कास्की-निर्माणाधिन पोखरा रंगशाला निर्माणको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ।

करिव १ अर्व २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो।

माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधीन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ। पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताए।

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उनले बताए। स्टेडियमको पश्चिमतर्फ भिआइपी सिट मध्येको छानो निर्माणको काम पनि रोकिएको छ। अहिलेसम्म अहिले पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उनले बताए।

चेन्जिङ्ग रुम, मिडिया सेन्टर लगायतको काम सकिएको उनले बताए। अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ ।

स्टेडियमको चारैतिरको पिच निर्माणधिन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन्।

ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ। मंसिर १५ देखि २४ गतेसम्म जारी १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष