रहर पूरा गर्न श्वेतपत्र जारी गरेको भन्दै कडा आलोचना

रहर पूरा गर्न श्वेतपत्र जारी गरेको भन्दै कडा आलोचना
+
-

धनगढी- प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जारी गरेको श्वेतपत्रप्रति प्रदेश ७ को संसदमा कडा आलोचना भएको छ।

प्रदेश सरकारका तर्फबाट मन्त्री बोहराले जारी गरेको श्वेतपत्रको सत्ताधारी दलकै सांसदहरुले कडा आलोचना गरेका हुन्। उनीहरुले पर्याप्त गृहकार्यबिना नै मन्त्री बोहराले श्वेतपत्र जारी गरेको भन्दै बिरोध जनाएका थिए।

पुराना तथ्याङकहरु प्रस्तुत गरेर श्वेतपत्र नाम दिइएको भन्दै सत्तारुढ एमालेका सांसदहरुले बिरोध जनाएका थिए भने बिपक्षी दल नेपाली कांग्रेसका सांसदले नियमापत्ति प्रकट गरेका थिए। संसदमा बोल्दै एमालेबाट प्रदेश सभा सदस्य लिलाधर भट्टले मन्त्री बोहराले जारी गरेको श्वेतपत्र निकै त्रुटिपुर्ण रहेको बताए।

उनले यसलाई श्वेतपत्र नै भन्न नमिल्ने बताए। मन्त्री बोहोराले श्वेतपत्र वाचन गरेर सुनाएपछि सभामुख अर्जुनबहादुर थापाले श्वेतपत्रका बिषयमा संसदमा कुनै छलफल नहुने बताएका थिए। तर उनले मन्त्री बोहरालाई प्रश्न सोध्नका लागि मात्रै प्रदेश सभा सदस्यहरुलाई ३ मिनेटको समय दिएका थिए। सभामुखले प्रश्न राख्नका लागि अनुमति दिएलगत्तै बोल्न नाम टिपाएका प्रदेश सभा सदस्यहरुले मन्त्री बोहरालाई यो श्वेतपत्र हो वा होइन भन्ने पहिलो प्रश्न राखेका थिए।

संसदमा बोल्दै एमालेकै प्रदेश सभा सदस्य पुर्णा जोशीले पुराना तथ्याङकहरु राखेर तयार पारिएको आधारपत्रलाई श्वेतपत्र भन्न नमिल्ने बताइन्। यस्तै मन्त्री बोहराले झण्डै ४५ मिनेटसम्म पढेर सुनाएको श्वेतपत्रको छाया कपि सांसदहरुलाई नदिइएको भन्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत खड्काले नियमापत्ति जनाएका थिए। उनले कुनै बिशेष परिस्थितिमा जारी हुने श्वेतपत्र रहर पूरा गर्न जारी भएको भन्दै प्रदेश सरकारको आलोचना गरे। श्वेतपत्रको छायाकपी नदिएको बिषयमा सांसदले आपत्ति जनाएपछि सभामुखले सबै सांसदहरुलाई तुरुन्तै एक एक प्रति उपलब्ध गराउन निर्देशन दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?