
अ
+
अ
अ
-
इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई एक सय ६३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको दिल्लीले हैदराबादलाई मध्यम योगफलमा सिमित गरेको हो।
हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६२ रन जोड्यो। हैदराबादका जोनी बेयर्स्टो सर्वाधिक ५३ रन बनाए। कप्तान डेभिड वार्नरले ४५ र केन विलियमसनले ४१ रन बनाए।
दिल्लीका बलर कागिसो राबडा र अमित मिश्राले दुई दुई विकेट लिए। राबडाले चार ओभरमा २१ रन मात्र खर्चिए। प्रतियोगिताको यो सिजन दिल्लीले खेलेका दुवै खेल जितेको छ भने हैदराबादले दुवै खेल हारेको छ।