०७२को भूकम्पबाट भत्किएका पुराना दरबारहरु उठ्ने तरखरमा

०७२को भूकम्पबाट भत्किएका पुराना दरबारहरु उठ्ने तरखरमा
+
-

काठमाडौंँ-२०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठने तरखरमा छन्।

दरबारहरुको मौलिकताको अधिकम सुरक्षा हुने गरी पुननिर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ।

काठमाडौंका ऐतिहासिक सिंहदरबार, केशरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलीकरण विधि मार्फत पुननिर्माणको काम भइरहेको हो।

२०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवन सहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठने प्रक्रियामा छन्।

दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रबलिकरण विधिमार्फत पुननिर्माण गरिरहेको छ। प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महिना भित्रमा सम्पन्‍न हुनेछ।

यो भवनको पुननिर्माणको काम सम्पन्‍न भएपनि फायरफाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षा लागयतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ।

त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुननिर्माणले पनि तिब्रता पाएको छ। यो भवन पनि प्रबलिकरण विधिमार्फत पुननिर्माण भइराखेको हो । ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरि पुरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताए।

 

यो भवनको कुल लागत भ्याट बाहेक ५० करोड रुपैयाँ छ भने हाल सम्म ३५ प्रतिशत प्रगति भएको छ । यो भवन २०७८ भदौ ५ गते भित्रमा सम्पन्न हुनेछ । त्यस्तै काठमाडौंको केसरमहल दरबारको पूननिर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ।

भ्याट बाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुननिर्माण हुन लागेको यो दरबार २०७८ मंसिर १२ गते भित्रमा सम्पन्न हुनुपर्नेछ । बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माले बताए।

यो दरबारको कुल लागत भ्याट बाहेक ८६ करोड रुपैयाँ छ भने यसको पुननिर्माण २०७८ असार मसान्त सम्ममा सम्पन्न भइसक्नु पर्नेछ। यस्तै बालमन्दिरको पुननिर्माणमा पनि १५ प्रतिशत प्रगति भएको छ । भ्याट बाहेक कुल ५५ करोड रुपैयाँ लागतमा पुननिर्माण भइरहेको यो दरबार २०७८ मंसीर मसान्त सम्ममा सम्पन्न हुनेछ।

चारवटै दरबारको पुननिर्माण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नविग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ । सुर्कि, फलाम, चुना, काठ लगायतको प्रयोग गरेर पुरानै विधिबाट प्रवलिकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताए।

पुननिर्माणको काम हुँदा राष्ट्रिय भवन निर्माण संहिताले मागेको सुरक्षा प्रत्याभुत हुने गरी प्रबलिकरणको काम भइरहेको पनि विश्वकर्माले बताए। पुरानै शैलि, पुरानै निर्माण सामग्री, पुरानै पद्धति र पुरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रशस्तै’भन्ने सिद्धान्तबाट पुननिर्माणको काम भइरहेको उनले बताए। तर सिंहदरबारको पूर्वी मोहडाको पुननिर्माणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ।

यसअघि २०३० सालमा आगलागिबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोग भई गरिएको थियो । त्यसैले अहिले पनि पर्खालको भित्र र बाहिर ज्याकेटिङ प्रविधि मार्फत बाधेर प्रबलिकरण गरिएको उनले बताए।

दरबारहरुको पूननिर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड-१९ का कारण चुनौती थपिएको छ। निर्माण सामग्रीको नियमति आपूर्ति श्रृङखलामा असर परेको र देश बाहिरबाट निर्माण सामग्री ल्याउन नसक्दा समस्या भएको प्राधिकरणका आयोजना उपनिर्देशक विशवकर्माको भनाइ छ।

यसबाहेक कोभिड कै कारण दक्ष कालिगढहरुको समेत अभाव भएको छ। तरपनि कालिगढहरुलाई अतिरिक्त काम गर्ने वातावरण तयार गरेर भएपनि समयमै सम्पन्न गर्ने योजनाका साथ काम गरिएको उनले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’