अन्तिम समयमा मुम्बईको विस्फोटक ब्याटिङ, पन्जाबलाई १ सय ९२ रनको लक्ष्य

अन्तिम समयमा मुम्बईको विस्फोटक ब्याटिङ, पन्जाबलाई १ सय ९२ रनको लक्ष्य
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा मुम्बई इन्डियन्सले किङ्स इलेभेन पन्जाबलाई एक सय ९२ रनको लक्ष्य दिएको छ।

मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९१ रन जोड्यो। मुम्बईले अन्तिम समयमा विस्फोटक ब्याटिङ गर्‍यो। कायरन पोलार्डले २० बलमा ४ छक्का र ३ चौकासहित अविजित ४७ रन जोडे।

यस्तै हार्दिक पाण्ड्याले ११ बलमा २ छक्का र ३ चौकासहित अविजित ३० रन बनाए। २० औँ ओभरमा  कृष्णप्पा गोथामलाई पोलार्डले लगातार तीन छक्का प्रहार गरे। त्यस ओभरमा पाण्ड्याले पनि एक छक्का प्रहार गरे। १९ औँ ओभरमा मोहम्मद सामीलाई पोलार्डले लगातार तीन चौका प्रहार गरेका थिए। त्यस ओभरमा पाण्ड्याले पनि एक चौका हिर्काए। मुम्बईले अन्तिम पाँच ओभरमा मात्र ८९ रन जोड्यो। त्यसमा पनि अन्तिम तीन ओभरमा मात्र ५९ रन जोड्यो।

टोलीका लागि सर्वाधिक रन भने कप्तान रोहित शर्माले जोडे। उनी ७० रन बनाएर आउट भए। उनले ४५ बलमा तीन छक्का र ८ चौका प्रहार गरे। यो सिजन मुम्बई र पन्जाब दुवै टोलीले तीन खेल खेल्दै समान एक जित र दुई हारको नतिजा निकालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?