
युरोपियन च्याम्पियन्स लिग फुटबलको यो सिजन बार्सिलोना र युभेन्ट्स पहिलो चरणमै भिड्ने भएका छन्।
बिहिबार गरिएको ड्रमा बार्सिलोना र युभेन्ट्स एकै समूहमा परेका छन्। यहि कारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको भेट पहिलो चरणमै हुने भएको हो। समूह जीमा बार्सिलोना र युभेन्ट्सबाहेक डाइनामो किभ पनि छ। प्रतियोगिताको यो सिजन आयाक्स र लिभरपुल पनि पहिलो चरणमै आमने सामने हुनेछन्। उनिहरु समूह डीमा छन्। यो समूहमा एटालान्टा पनि छ।
यसैगरि समूह ईमा चेल्सी, क्रासनोदार र सेभिल्ला छन्। म्यानचेस्टर सिटी, एफसी पोर्टो र ओलिमपियाकोस समूह सीमा छन्। समूह एचमा म्यानचेस्टर युनाइटेड, आरबी लेइपजिग र पेरिस सेन्ट जर्मन-पीएसजी छन्। समूह एमा बायर्न म्युनिख, एट्लेटिको म्याड्रिड र साल्जबर्ग छन्। रियल म्याड्रिड, इन्टर मिलान र साख्तर डोनेट्स्क समूह बीमा छन्। समूह एफमा जेनिट सेन्ट पिटर्सबर्ग, बोरुस्सिया डर्टमुन्ड र लाजियो छन्।
प्रतियोगिता अक्टोबर २० बाट सुरु हुँदै छ र फाइनल २९ मेमा हुने छ।
प्रतियोगिताको साविक विजेता बायर्न म्युनिख हो। बायर्नले फाइनलमा पीएसजीलाई हराएको थियो।