
अ
+
अ
अ
-
अस्ट्रियाका डोमिनिक थिएम फ्रेन्च ओपन ग्रान्डस्लामको चौथो चरणमा पुगेका छन्।
थिएमले शुक्रबार भएको खेलमा नर्वेका २१ वर्षीय कास्पर रुडलाई सोझो सेटमा हराए। सुरुवातमा केही दबाब सामना गरेका थिएमले रुडलाई ६-४, ६-३ र ६-१ को सेटमा पराजित गरे।
थिएमले हालसालै मात्र अस्ट्रेलियन ओपन जितेका थिए, करियरको पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा। महिला एकलतर्फ पाचौँ वरियताकी एलिना स्भितोलिना चौथो चरणमा पुगेकी छिन्।
शुक्रबार भएको खेलमा उनले इगा स्वीयातेकलाई ६-३ र ६-२ को सोझो सेटमा हराइन्। यसैगरि युजिन बुचार्डलाई हराउँदै एकातेरिना अलेक्जान्द्रोभा पनि चौथो चरण पुगिन्।