
पोल्यान्डकी १९ वर्षीया इगा स्वियाटेक फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनलमा पुगेकी छिन्। पूर्व विजेता सिमोना हालेपलाई सोझो सेटमा पराजित गर्दै किशोरी पहिलो पटक ग्रान्डस्लामको क्वार्टरफाइनल पुगेकी हुन्।
इगाले सन् २०१९ देखि मात्र ग्रान्डस्लाम टेनिस खेल्न थालेकी हुन्। रोमानियाकी हालेपले सन् २०१८ मा फ्रेन्च ओपन र सन् २०१९ मा विम्बल्डन जितेकी थिइन्। ऐतिहासिक सफलता हात पार्नेक्रममा इगाले हालेपलाई ६-१ र ६-२ को सोझो सेटमा हराइन्।
इटालीकी मार्टिना ट्रेभिसान पनि पहिलोपटक कुनैपनि ग्रान्डस्लामको क्वार्टरफाइनल पुगेकी छिन्। २६ वर्षीय ट्रेभिसानले किकी बर्न्टेन्सलाई ६-४ र ६-४ को सोझो सेटमा हराइन्।