
इङ्लिस प्रिमियर लिग फुटबलमा यो सिजन सुरुका तीन खेल लगातार जितेको लेस्टर सिटीले पहिलो हार व्यहोरेको छ। पूर्व विजेतासमेत रहेको लेस्टरले आइतबार साँझ भएको खेलमा वेस्टहामसँग ३-१ गोलको हार व्यहोर्यो।
घरेलु मैदानमा उत्रिएको लेस्टरले एक गोल पनि फर्काउन सकेन। पहिलो हाफमा २-० गोलको अग्रता लिएको वेस्टहामले अन्तिम समयमा एक गोल थपेको थियो। मिखाइल एन्टोनियोले १४ र पाब्लो फोर्नाल्सले ३४ औँ मिनेटमा गोल गरेका थिए।
जार्रोड बोएनले ८३ औँ मिनेटमा गोल थपेका हुन्। लेस्टरले अघिल्लो खेलमा म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ५-२ गोलले हराएको थियो। सुरुका दुई खेल हारेको वेस्टहामले लगातार दोस्रो जित हात पारेको हो।
लेस्टर चार खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको एभर्टनको चार खेलबाट १२ अंक छ। लिभरपुलको तीन खेलबाट ९ अंक छ।