हवाई तथा बसका यात्रुको छैन निगरानी, कोरोना संक्रमणको स्थिति अझै भयावह हुनसक्छ

हवाई तथा बसका यात्रुको छैन निगरानी, कोरोना संक्रमणको स्थिति अझै भयावह हुनसक्छ
+
-

झापा – पछिल्लाे केही दिनदेखि कोरोना भाइरस संक्रमणको दर अत्यधिक बढिरहेको छ।

कूल संक्रमितको ७० प्रतिशत भन्दा बढी काठमाडौं उपत्यकामा भेटिन थालेका छन्। तर सार्वजनिक सवारी साधन तथा हवाई उडानबाट काठमाडौँ तथा काठमाडौँबाट बाहिर जाने यात्रुको निगरानी कतैबाट भएको पाइँदैन।

सार्वजनिक सवारी साधन तथा विमानमा यात्रा गर्नेहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जाँदा अनिवार्य दुई साता क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयले आग्रह गरिरहँदा त्यस्ता व्यक्तिहरूको निगरानी कुनै तहका सरकारले गरिरहेको पाइँदैन।

जस्का कारण कोरोना भाइरसको संक्रमण सोझै एक ठाउँबाट अर्को ठाउँमा पुगेर स्थिति गम्भीर बन्नसक्ने मन्त्रालयका पदाधिकारीले बताउने गरेका छन्।

स्थानीय सरकारका पदाधिकारी भन्छन्-अब मानिस आफै जिम्मेवार बन्नुपर्छ। स्वास्थ्य मन्त्रालय भन्छ यात्रा गर्ने मानिसहरूको निगरानी गर्ने काम स्थानीय तथा प्रदेश सरकारको हो।

गत अशाेज १ गतेदेखि लामो दूरीका यात्रुबाहक यातायातका साधन सडकमा गुड्न थालेपछि मानिसहरूको आवत जावत बढिरहेको छ। देशभरबाट संघीय राजधानी काठमाडौँ र काठमाडौँबाट देशका विभिन्न जिल्लासम्म मानिसहरू निर्वाध आवत जावत गर्न थालेका छन्।

त्यसैगरि गत असोज ५ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालन हुन थाले पश्चात विमानमा पनि यात्रु प्रशस्त हुन थालेका छन्।

एक ठाउँबाट अर्को ठाउँमा जाने मानिसहरू १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयले आग्रह गरिरहँदा न काठमाडौँ जाने यात्रुको कसैले निगरानी गरेको छ न काठमाडौँबाट विभिन्न जिल्लासम्म जानेहरूको।

झापाको भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठका अनुसार अब सर्वसाधारण आफैले आफ्नो ख्याल नगरे परिस्थिति जटिल बन्दै जानेछ। उनले भनिन्, ‘हामीले भनिरहेका छौँ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन। यात्राबाट आएकाहरूलाई दुई साता क्वारेन्टिनमा बस्न अनुरोध गरिरहेका छौँ। उहाँहरूलाई थाहा पनि छ तर टेर्नुहुन्न।’

तीन तहका सरकारको समन्वयमा यात्रा गर्ने मानिसहरूलाई अनिवार्य निश्चित अवधि क्वारेन्टिनमा नराखे स्थिति गम्भीर बन्नसक्ने कतिपय स्थानीय तहका पदाधिकारीले बताएका छन्।

झापाकै मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेती भन्छिन्, ‘अब यो विषयमा छलफल गरेर निर्णय नगरे स्थिति अप्ठ्यारो छ।’

यात्रुबाहक बस तथा आन्तरिक हवाई सेवामा यात्रा गर्नेहरू सोझै समुदायमा जाने गरेका छन्। विमानमा यात्रा गर्ने मानिसहरूको विवरण सम्बन्धित कम्पनीले राख्ने गरेका छन्। तर ती विवरण उनीहरूले न स्थानीय सरकारलाई बुझाउँछन् न प्रदेश र संघीय सरकारलाई।

अन्य स्थानको तुलनामा संघीय राजधानी काठमाडौंमा कोरोना भाइरसका संक्रमित दिनहुँ बढिरहेका छन्। प्रदेश तथा स्थानीय सरकारले उनीहरूको निगरानी गर्नैपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उनले भने, ‘यात्रुको निगरानी गर्ने काम प्रदेश र स्थानीय सरकारको हो। उहाँहरूले यो काम गर्नेपर्छ। नत्र संक्रमण बढेर भयावह हुन्छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष