
अ
+
अ
अ
-
चेक गणतन्त्रकी पेत्रा भितोभा फ्रेन्च ओपन ग्रान्डस्लामको क्वार्टरफाइनल पुगेकी छिन्। सातौँ वरियताकी भितोभाले सोमबार भएको खेलमा चिनकी झाङ सुआईलाई सोझो सेटमा हराइन्।
पूर्व ग्रान्डस्लाम च्याम्पियन भितोभाले सुआईको चुनौती ६-२ र ६-४ ले पन्छाइन्। प्रतियोगिताको यो सिजन भितोभाले ३० वर्षीया सुआईले एक सेट पनि गुमाएकी छैनन्। उनलाई खेल जित्न ८५ मिनेट मात्र लागेको थियो।
फ्रेन्च ओपनमा सन् २०१२ पछि पहिलोपटक क्वार्टरफाइनल पुगेकी भितोभाले आगामी खेलमा जर्मनीकी लाउरा सिजमन्डको सामना गर्नेछिन्। झाङ कुनैपनि ग्रान्डस्लाममा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेकी छैनन्।