रसुवागढी नाकाबाट ओलीले भने, ‘देशमा परिवर्तनको खाँचो छ’

रसुवागढी नाकाबाट ओलीले भने, ‘देशमा परिवर्तनको खाँचो छ’
+
-

काठमाडौं- एमाले अध्‍यक्ष केपी शर्मा ओलीले देशमा तीव्र परिवर्तनको खाँचो रहेको बताएका छन्। मंगलबार उत्तरी नाका रसुवागढी निरीक्षणमा निस्किएका बेला टिमुरेमा आयोजित स्वागत तथा बधाई कार्यक्रम्मा उनले यस्तो बताएका हुन्।

ओलीले भने, ‘देशमा लामो समयको बलिदानी र संघर्षपछि परिवर्तनको खाँचो छ। राष्ट्र सेवक र नेपाली जनताले आफ्नो बलिदानी परिवर्तनका लागि दिएकाले अब परिवर्तन जरुरी छ।’ उनले अब देशमा बाम नेतृत्वमा सरकार र विकासका पाइला अघि बढ्‍ने बताए।

निरीक्षणमा अध्यक्ष ओलीसहित एमालेका प्रमुख नेताहरु सुवासचन्द्र नेम्वाङ,  ईश्‍वर पोखरेललगायत सहभागी छन्। 
संघीय नेपालमा पहिलो पटक सम्पन्‍न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एमालेले बहुमत ल्‍याएपछि ओली सहितको शीर्ष नेताहरुले रसुवागढीको निरीक्षण गरेका हुन्।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले ओली सहितको शीर्ष नेता रसुवागढी पुगेको तस्बिर सामाजिक सञ्‍जाल फेसबुकमा राखेका छन्। ओलीले रसुवागढी नाकाको निरीक्षण गर्नुलाई महत्वपूर्ण मानिएको छ।

यो पनि हेर्नुहोस्:

ओलीले भने, अब संघर्ष का दिन सकिए

ओलीले भने, देउवा खेलका बीच नियम फेर्दै छन्

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?