
अ
+
अ
अ
-
अर्जेन्टिनाकी नाडिया पोडोरोस्का फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिसको सेमिफाइनल पुगेकी छिन्।
महिला एकलको मंगलबार भएको पहिलो क्वाटरफाइनलमा पोडोरोस्काले एलिना स्भितोलिनालाई सोझो सेटमा हराइन्। २३ वर्षीया पोडोरोस्का ६-२ र ६-४ को सेटमा विजयी भइन्। पोडोरोस्काले यसअघि एकपटक मात्र ग्रान्डस्लाम प्रतियोगिता खेलेकी थिइन्।
सन् २०१६ को यूएस ओपनमा उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन्। युक्रेनकी २६ वर्षीया स्भितोलिनाको हारसँगै उनको पहिलो ग्रान्डस्लाम उपाधि जित्ने सपना अधुरै रह्यो।