
साविक विजेता मुम्बई जारी इन्डियन्स इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको शीर्षस्थानमा पुगेको छ।
मुम्बईले मंगलबार भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले हरायो। पहिला ब्याटिङ गरेको मुम्बईले एक सय ९४ रनको लक्ष्य दिएको थियो। मुम्बईका सुर्यकुमार यादबले ७९ रन बनाए। रोहित शर्माले ३५, हार्दिक पाण्ड्याले ३० र क्विन्टन डे कोकले २३ रन बनाए।
राजस्थानले १८.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३६ रनमा सिमित भयो। राजस्थानका जोस बटलरले ७० रन जोडे।
स्टिभन स्मिथ ६ तथा सन्जु सामसन र यसश्वी जैसवाल शुन्यमा आउट भए। मुम्बईका जसप्रित बुमराहले चार तथा ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सनले २/२ विकेट लिए। बुमराहले चार ओभरमा २० र प्याटिन्सनले ३.१ ओभरमा १९ रन दिए। पाँचौँ विकेटका रुपमा बटलरलाई प्याटिन्सनले आउट गर्दा राजस्थानले ९८ रन जोडेको थियो।
६ खेलबाट८ अंक जोडेको मुम्बई तालिकाको शीर्षस्थानमा पुगेको छ। दिल्ली क्यापिटल्सको पनि पाँच खेलबाट ८ अंक छ। सुरुका दुई खेल जितेको राजस्थानले लगातार तेस्रो हार ब्यहोरेको हो।