
काठमाडौं- पाटन उच्च अदालतले बैंकिङ कसुरमा नेपाली सेनाका सहायक रथी डा. रमेश विष्टलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।
कृषी विकाश बैंकमा कर्मचारी दीपिका रेग्मीले गरेको ठगीमा सहायक रथी विष्टको पनि संलग्नता देखिएको थियो।
सहायक टेलरका रुपमा न्युरोड शाखामा काम गर्ने दीपिकाले अन्तर बैंक हिसाब मिलानका नाममा करिब ५ करोड रुपैयाँ ठगी गरेको बैंकको आन्तरिक छानबिनमा खुलेको थियो।
उनले ठगी गरेको ३३ लाख रुपैयाँ डा विष्टको खातामा भेटिएको थियो। विष्ट सैनिक अस्पतालमा कार्यरत थिए।
रेग्मी र विष्ट प्रेमी-प्रेमिका भएको प्रहरी अनुसन्धानमा खुलेको थियो।
दीपिका पनि हाल जेलमै छिन्। सहायक रथी विष्टलाई डिल्लीबजार कारागारमा राखिएको छ। ।