दिल्लीसँग मुम्बईलाई उछिन्ने अवसर, किफायति स्पीनरहरुमाथी अपेक्षा

दिल्लीसँग मुम्बईलाई उछिन्ने अवसर, किफायति स्पीनरहरुमाथी अपेक्षा
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत शुक्रबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दै छ।

पौने ८ बजे सुरु हुने खेलमा जित हात पार्दै दिल्ली शीर्षस्थानमा उक्लने प्रयाशमा छ। ५ खेलबाट ८ अंक भएको दिल्ली समान अंक भएको साविक विजेता मुम्बई इन्डियन्ससँग नेटरनरेटमा मात्र पछाडि छ। मुम्बईले ६ खेल खेलेको छ।

राजस्थानको पाँच खेलबाट ४ अंक छ। सुरुका दुई खेल जितेको राजस्थान त्यसयताका लगातार तीन खेलमा पराजित भएको छ। दिल्लीले पछिल्लो समय निकै राम्रो ब्याटिङ गरिरहेको छ। दिल्लीले पछिल्ला दुई खेलमा पहिला ब्याटिङ गर्दै २ सय २८ र एक सय ९७ रन बनाएको थियो।

दिल्लीको स्पीन बलिङ शसक्त देखिएको छ। यो सिजन कम्तिमा १० ओभर बलिङ गर्ने बलरमध्ये दिल्लीका अक्सर पटेल सबैभन्दा किफायति हुन्। दिल्लीका पटेलले ४.६ रन प्रति ओभरको बलिङ गरिरहेका छन्। दिल्लीका स्पीनरहरुले यो सिजन जम्मा १४ वटा मात्र ‘बाउन्ड्रि’को सामना गरेका छन्। अक्सरसँगै अनुभवी स्पीनर रविचन्द्रन आश्विनले शसक्त प्रदर्शन गरिरहेका छन्। चोटका कारण बाहिरिनुअघि अमित मिश्राले पनि राम्रो प्रदर्शन गरिरहेका थिए।

दिल्लीमा रहेका नेपालका स्पीनर सन्दीपले यो सिजन खेल्न पाएका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?