‘प्रसाईंले जीवनको उत्तरार्धमा पार्टी छोडे पनि हामीले पराइ ठानेनौं’

‘प्रसाईंले जीवनको उत्तरार्धमा पार्टी छोडे पनि हामीले पराइ ठानेनौं’
+
-

झापा- नेपाली कांग्रेसका पुराना नेता दिवंगत रामबाबु प्रसाईं जीवनको उत्तरार्धमा किन कांग्रेसबाट अलग भए भन्ने कुरा झापाका पुराना कांग्रेसका नेताले पनि भन्न सक्दैनन्।

एकजना पुराना नेता गोपालकुमार बस्नेतका अनुसार प्रसाईं हक्की स्वभावको भने थिए। उनले भने, ‘उहाँले किन कांग्रेसलाई पछिल्लो समय माया मार्नु भो भन्ने कुरा म भन्न सक्दिन। त्यस्को उत्तर छैन मसंग।’

तर उनले झापाबाट दुई पटकका संसदीय निर्वाचनमा हार व्यहोरेका कारण प्रसाईंमा एक किसिमको दिक्क लागेको हुनसक्ने बताए।

पुराना कांग्रेस नेता रामबाबु प्रसाईँको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पार्टी रहँदा उनी कांग्रेसका केन्द्रीय कोषाध्यक्ष थिए।

प्रसाईँको शुक्रबार दिउँसो १:३० बजे निधन भएको उनका परिवारजनले जानकारी दिएका छन्।

खनुपरूदे भनेर चिनिने प्रसाईँको कोरोना संक्रमणका कारण राजधानीको ओम अस्पतालमा उपचार भइरहेको थियो।

प्रख्यात समाजसेवी चिन्तक सीके प्रसाईँका दाजु खनुपरुदे पछिल्लो समयमा कांग्रेसको राजनीतिबाट अलग थिए।

बिपी कोइरालाका समकालीन नेता प्रसाईँ पछिल्लो समयमा २०४७ सालको संविधानलाई पुनर्स्थापित गर्नुपर्छ भन्ने अभियानमा थिए।

झापाका कांग्रेस नेता बस्नेत भन्छन्, ‘जब बिपी मेलमिलापका लागि पटनाबाट विमानमा काठमाडौं उत्रनुभो। त्यो बेला प्रसाईं पनि संगै हुनुहुन्थ्यो।’

तर कांग्रेसका झापा सभापति उद्धव थापाका अनुसार कांग्रेसका नेता तथा कार्यकर्ताले प्रसाईं जहिले आफ्नो ठाने। प्रसाईं पार्टीबाट टाढा बसे पनि उनले देखाएको आदर्शको बाटो कांग्रेसका नेता तथा कार्यकर्ताका लागि आदर्श भएको थापाले बताए।

उनले भने, ‘हामीलाई कमिटेड नेताको निधनले दुःखी तुल्याएको छ। उहाँलाई हामीले कहिले पनि पराइ ठानेनौं।’

बिपी कोइरालाको आदर्शबाट प्रभावित नेता भएकाले पनि प्रसाईंको पार्टीप्रतिको योगदान अतुलनीय भएको थापाको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष