ग्रान्डस्लाम खेल्न थालेको एक वर्षमै १९ वर्षीया किशोरीलाई फ्रेन्च ओपनको उपाधि

ग्रान्डस्लाम खेल्न थालेको एक वर्षमै १९ वर्षीया किशोरीलाई फ्रेन्च ओपनको उपाधि
+
-

पोल्यान्डकी १९ वर्षीया इगा स्वियाटेकले यो वर्षको फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिस जितेकी छिन्। शनिबार साँझ भएको फाइनलमा स्वियाटेकले अमेरिकाकी सोफिया केनिनलाई ६-४ र ६-१ को सोझो सेटमा हराइन्।

स्वियाटेकको यो पहिलो ग्रान्डस्लाम उपाधि हो। उनले गत वर्षदेखि मात्र ग्रान्डस्लाम टेनिस खेल्न थालेकी हुन्। यसअघि तीनपटक ग्रान्डस्लाम प्रतियोगिता खेलेकी यी पोलिस खेलाडी कुनैमा पनि चौथो चरणभन्दा अगाडि बढ्न सकेकी थिइनन्।

२१ वर्षीया  केनिनले पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा यसै वर्षको अस्ट्रेलियन ओपन जितेकी थिइन्। केही साताअघि सम्पन्न यूएस ओपनको उपाधि जितेकी नाओमी ओसाका भने चोटका कारण यो प्रतियोगितामा सहभागी थिइनन्।

सर्वाधिक ग्रान्डस्लाम जित्ने महिला खेलाडीको कीर्तिमान बराबरी गर्ने दाउमा रहेकी ३९ वर्षीया सेरेना विलियम्सले चोटका कारण दोस्रो चरण नखेल्दै रिटायर्ड हर्ट भएकी थिइन्।

पुरुष एकलतर्फको फाइनल आइतबार हुँदै छ। उपाधिका लागि राफेल नाडाल र नोभाक जोकोभिच प्रतिस्पर्धा गर्नेछन्। नाडाल यो प्रतियोगिताका कीर्तिमानी खेलाडी हुन्। उनले हालसम्म १३ पटक फ्रेन्च ओपन जितेका छन्।

नाडाल सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा रोजर फेडेररको कीर्तिमान बराबरी गर्ने दाउमा छन्। नाडालले १९ र फेडेररले २० पटक एकल ग्रान्डस्लामको उपाधि जितेका छन्। जोकोभिचले पनि १७ पटक एकल ग्रान्डस्लाम जितेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?