नविकरणीय उर्जा

एप्पलले प्रयोग गर्छ १०० प्रतिशत क्लिन इनर्जी

एप्पलले प्रयोग गर्छ १०० प्रतिशत क्लिन इनर्जी
+
-

अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना सबै सेवाका लागि शतप्रतिशत क्लिन इनर्जी अर्थात नविकरणीय उर्जाको प्रयोग गर्न थालेको छ ।

आइफोन तथा म्याकबुकसहितका सामान उत्पादन गर्दै आएको कम्पनीले सोमबार विश्वभर रहेका आफ्ना स्टोर, कार्यालय, उद्योग तथा डाटा सेन्टरमा १०० प्रतिशत नविकरणीय उर्जाको प्रयोग भएको घोषणा गरेको हो ।

एप्पलले आफ्ना सबै उत्पादन तथा सेवाका लागि सौर्य उर्जा, वायु उर्जा, हाइड्रोजन र अरु क्लिन इनर्जीका स्रोत प्रयोग गर्न थालेको हो । ४३ देशमा रहेका एप्पलका सेवा प्रदायकहरु शतप्रतिशत क्लिन इनर्जीमा प्रवेश गरेका हुन् ।

यस्तै विश्वभर रहेका सप्लायर्सहरुले पनि क्लिन इनर्जीकै प्रयोग गर्ने अभियानलाई तीव्रता दिएका छन् । एप्पललाई आवश्यक सामग्री सप्लाइ गर्दै आएका २३ सप्लायर्सले क्लिन इनर्जी प्रयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

एप्पलले सन् २०१५ देखि नै आफ्ना सबै कार्यालय तथा स्टोरमा क्लिन इनर्जी मात्रै प्रयोग गर्ने अभियान सुरु गरेको थियो । त्यसबेला एप्पलले ९३ प्रतिशतसम्म क्लिन इनर्जी प्रयोग गर्ने गरेको थियो । झण्डै तीन वर्षको प्रयासमा शतप्रतिशत क्लिन इनर्जी प्रयोग गर्ने कम्पनी बन्न एप्पल सफल भएको हो ।

एप्पलले यसका लागि उर्जाका मुख्य परियोजना सञ्चालन गरेको छ । सौर्य, वायु, बायोग्याससहितका २५ वटा उर्जा परियोजनाबाट कुल ६२६ मेगावाट क्लिन इनर्जी उत्पादन भएको एप्पलले उल्लेख गरेको छ ।

अहिले ११ देशमा थप परियोजना चलिरहेको र त्यसबाट १.४ गिगावाट क्लिन इनर्जी उत्पादन हुने एप्पलले उल्लेख गरेको छ । एप्पलले सन् २०११ देखि सुरु गरेको उर्जा परियोजनाका कारण आफ्नो तर्फबाट हुने ग्रिनहाउस ग्यासको उत्सर्जनमा ५४ प्रतिशतले कमी आएको जनाएको छ ।

एप्पलले सबैभन्दा धेरै चीनका ६ प्रान्तमा रहेका आफ्ना स्टोर तथा कार्यालय र उद्योगमा लगाएको सौर्य तथा वायु उर्जा परियोजनाबाट ४८५ मेगावाट क्लिन इनर्जी उत्पादन भएको छ ।

यस्तै एप्पलको मुख्यालय क्यालिफोर्नियामा जोडिएको स्वलार प्यानलबाट १७ मेगावाट बिजुली उत्पादन भएको छ । यसैगरी अरु बिजुलीको उत्पादन बायोग्यासबाट उत्पादन भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?