कर्णाली प्रदेशका मुख्यमन्त्रीबिरुद्ध नेकपाकै १८ जना सांसदहरुको अविश्वास प्रस्ताव

कर्णाली प्रदेशका मुख्यमन्त्रीबिरुद्ध नेकपाकै १८ जना सांसदहरुको अविश्वास प्रस्ताव
+
-

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

पूर्वमन्त्री यामलाल कँडेल नेतृत्वमा नेकपाका १८ जना सांसदहरुले आइतबार संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई हस्ताक्षर बुझाएका हुन्।

प्रमुख सचेतक शाहका अनुसार शाही नेतृत्वको सत्ताले केही पनि काम गर्न नसकेको भन्दै उनीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। उनी आफैँले समेत शाहीबिरुद्ध हस्ताक्षर गरेका छन्।

‘शाहीको कामकारबाहीमा चित्त नबुझेका कारण अविश्वास प्रस्ताव दर्ता गराएका हौँ,’ शाहले देशसञ्चारसँग भने।

प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गराउनेमध्ये छिन्।

नेकपाका ३३ जना सदस्यमध्ये १८ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

स‌विधानअनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ। कर्णाली प्रदेशसभामा ४० जना सदस्य छन्- नेकपाका ३३, कांग्रेसका ६ र राप्रपाका एक।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष