
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पाँच विकेटले हराएको छ।
हैदराबादले दिएको एक सय ५९ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। राहुल तेवटीया ४५ र रियान पराग ४२ रनमा अविजित रहे। उनिहरुले छैटौँ विकेटका लागि अविजित ८५ रनको साझेदारी गरे
तीन ओभरमा ४६ रन जोडेपछि राजस्थानलाई अन्तिम ओभरमा जितका लागि केवल ८ रन आवश्यक थियो। उसले १७ औँ ओभरमा १८, १८ औँ ओभरमा १४ र १९ औँ ओभरमा १४ रन जोडेको थियो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५८ रन जोड्यो। हैदराबादका मनिष पाण्डेले ५४ र डेभिड वार्नरले ४८ रन बनाए। केन विलियमसनले २२, जोनी बेयर्स्टले १६ र प्रियम गार्गले १५ रन जोडे। राजस्थानका जोफ्रा आर्चर र जयदेव उनाडकट एक एक विकेट हात पारे।
राजस्थानले लगातार चार हारपछि पहिलो जित हात पारेको छ। उसको सात खेलबाट ६ अंक छ। हैदराबादको पनि सात खेलबाट ६ अंक छ।