नाडाल १३ औँ पटक फ्रेन्च ओपन च्याम्पियन, फेडेररको कीर्तिमान पनि बराबरी

नाडाल १३ औँ पटक फ्रेन्च ओपन च्याम्पियन, फेडेररको कीर्तिमान पनि बराबरी
+
-

स्पेनिस स्टार राफेल नाडालले सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा रोजर फेडेररले बनाएको २० उपाधिको कीर्तिमान बराबरी गरेका छन्।

आइतबार साँझ भएको फ्रेन्च ओपनको फाइनलमा नाडालले विश्व नम्बर एक नोभाक जोकोविचलाई  ६-०, ६-२ र ७-५ को सोझो सेटमा हराए। नाडालले १३ औँ पटक फ्रेन्च ओपन जितेका हुन्।

उनले करियरको पहिलो ग्रान्डस्लामका रुपमा फ्रेन्च ओपन नै जितेका थिए सन् २००५ मा। त्यसयता हरेक सिजन फ्रेन्च ओपन खेलिरहेका यी ३४ वर्षीय खेलाडीले तीनपटक मात्र यो प्रतियोगिताको उपाधि जित्न सकेका छैनन्।

फेडेररले सन् २००९ मा विम्बल्डन जितेर सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा पिट साम्प्रासको १४ उपाधिको कीर्तिमान तोडेका थिए। त्यसयताका ११ वर्ष फेडेररको कीर्तिमान कसैले बराबरी गर्न सकेका थिएनन्।

फेडेरर र जोकोविचले एक पटक मात्र फ्रेन्च ओपन जितेका छन्। फेडेररले चोटका कारण गत अस्ट्रेलियन ओपनयता ग्रान्डस्लाम प्रतियोगिता खेलेका छैनन्। ३९ वर्षीय फेडेरर सन्यास लिने उमेरमा पुगिसकेका छन्।

नाडालले हालसम्म फ्रेन्च ओपनबाहेक एकपटक अस्ट्रेलियन ओपन, दुईपटक विम्बल्डन र चारपटक यूएस ओपन जितेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?