
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत अहिले भइरहेको शीर्ष दुई टोलीबीचको भिडन्तमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई एक सय ६३ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६२ रन जोड्यो। दिल्लीको पालीमा शिखर धवन एक्लैले ६९ रन जोडे। श्रेयस अय्यरले ४२ रन बनाए। अय्यर र धवनबीच तेस्रो विकेटका लागि ८५ रनको साझेदारी भएको थियो।
धवनले ५२ बलमा एक छक्का र ६ चौका प्रहार गरे। मुम्बईका कुनाल पाण्ड्याले दुई र ट्रेन्ट बोल्टले एक विकेट हात पारे। ६ खेलपछि दिल्लीको १० र मुम्बईको ८ अंक छ।