दिल्लीलाई हराउँदै शीर्षस्थानमा उक्लियो साविक विजेता मुम्बई इन्डियन्स

दिल्लीलाई हराउँदै शीर्षस्थानमा उक्लियो साविक विजेता मुम्बई इन्डियन्स
+
-

दिल्ली क्यापिटल्सलाई  ५ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स जारी  इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको अंक तालिकामा शीर्षस्थानमा पुगेको छ। आइतबार राति भएको खेलमा मुम्बईले एक सय ६३ रनको लक्ष्य दुई बल बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्‍यो।

मुम्बईको पालीमा क्विन्टन डे कोक र सुर्यकुमार यादबले ५३/५३ रन जोडे। इसन किसनले २८ रन बनाए। यादब र डे कोकले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए। त्यसपछि किसन र यादबबीच ५३ रनको साझेदारी भयो। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६२ रन जोड्यो। दिल्लीको पालीमा शिखर धवन एक्लैले ६९ रन जोडे। श्रेयस अय्यरले ४२ रन बनाए। अय्यर र धवनबीच तेस्रो विकेटका लागि ८५ रनको साझेदारी भएको थियो।

धवनले ५२ बलमा एक छक्का र ६ चौका प्रहार गरे। मुम्बईका कुनाल पाण्ड्याले दुई र ट्रेन्ट बोल्टले एक विकेट हात पारे। ७ खेलपछि दुवै टोलीको समान १० अंक भएपनि नेटरनरेटमा मुम्बईले दिल्लीलाई पछाडि धकेलेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?