एकै व्यक्तिलाई दोहोरिएर कोरोना संक्रमण, दोस्रोपटकको संक्रमण झन गम्भीर

एकै व्यक्तिलाई दोहोरिएर कोरोना संक्रमण, दोस्रोपटकको संक्रमण झन गम्भीर
+
-

अमेरिकामा एक व्यक्तिलाई दोस्रोपटक कोरोना भाइरसको संक्रमण भएको छ । पहिलोपटक संक्रमण निको भएका व्यक्तिमा फेरि संक्रमण देखिएको हो ।

दोस्रोपटकको संक्रमण पहिलो भन्दा धेरै खतरनाक हुने डाक्टरले बताएका छन् । २५ वर्षका ती व्यक्तिको फोक्सोले शरीरलाई चाहिने जति अक्सिजन प्राप्त गर्न नसकेपछि अस्पताल भर्ना गरेर उपचार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

पुनः हुने संक्रमण अति दुर्लभ मानिन्छ । पुनः संक्रमण भएका ती व्यक्ति उपचारपछि संक्रमण मुक्त भएका छन् । तर लानसेट जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा भाइरससँग लड्ने क्षमता कतिसम्म विकास हुन्छ भन्ने सम्बन्धी प्रश्न खडा गरिएको छ ।

नेभेडाका ती व्यक्तिमा स्वास्थ्य समस्या वा प्रतिरक्षा कमजोर रहेकाले कोभिड–१९ का लागि जोखिमयुक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

कहिले के भयो?

२५ मार्च–घाँटी खसखसाउने, खोकी लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने तथा झाडापाखाल लाग्ने सहितका लक्षण देखियो ।

१८ अप्रिल–पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भयो।

२७ अप्रिल–प्रारम्भीक लक्षणहरु हराए ।

९ र २६ मे–दुई पटक कोरोना भाइरसको संक्रमण नरहेको रिपोर्ट आयो ।

२८ मे–फेरि लक्षण देखियो, योपटक ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, खोकी लाग्ने, वाकवाकी लाग्ने र झाडापखाला लाग्ने भयो ।

५ जुन–दोस्रो पटक कोरोना संक्रमण पुष्टि भयो र उनको रगतमा अक्सिजनको मात्रा कम देखियो । सास फेर्न गाह्रो भयो ।

ती व्यक्तिमा दुईपटक नै कोरोना भाइरसको संक्रमण भएको वैज्ञानिकले बताएका छन् । पहिले संक्रमण भएको भाइरस सुसुप्त अवस्थामा बसेर पुनः सक्रिय भएको नभइ दोस्रोपटक पुनः संक्रमण भएको उनीहरुले बताएका छन् ।

यो कुराले पहिलोपटक संक्रमण निको हुँदैमा फेरि संक्रमण हुँदैन वा सो संक्रमणविरुद्ध प्रतिरक्षा विकास हुन्छ भन्ने नदेखिएको अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ नेभेडाका डा. मार्क पान्डोरीले बताएका छन् ।

यो पनि पढ्नुहोस्

डब्लुएचओका प्रमुखद्वारा काेराेनाविरुद्ध सामूहिक प्रतिरक्षाकाे अवधारणा खारेज

डब्लुएचओका प्रमुखद्वारा काेराेनाविरुद्ध सामूहिक प्रतिरक्षाकाे अवधारणा खारेज

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?